Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

महोत्तरीबाट २ करोड ४० लाखका १२ सय थान एप्पल एयरपड्स बरामद

महोत्तरीबाट २ करोड ४० लाखका १२ सय थान एप्पल एयरपड्स बरामद

महोत्तरी : सशस्त्र प्रहरीले महोत्तरीबाट करिब २ करोड ४० लाख रुपैयाँ बराबरका १ हजार २ सय थान एप्पल एयरपड्स बरामद गरेको छ।

शनिबार सोनमा गाउँपालिका–६ मगरथानाबाट भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा ती एयरपड्स बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार नं. ९ गण महोत्तरी, सीमा सुरक्षा गुल्म रघुनाथपुर र बोर्डर आउटपोस्ट खैरवनीको संयुक्त टोलीले उक्त सामान बरामद गरेको हो।

सामान ल्याउने व्यक्ति भने सशस्त्र प्रहरीको गस्ती टोलीलाई देखेपछि फरार भएका थिए । बरामद एयरपड्स आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको डीएसपी थापाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij