Logo

Sep 18 2026 | २०८३, आश्विन २गते

बाढीपीडितको उद्धारमा चीनको सहयोग विस्तार, परराष्ट्रमन्त्रीले दिए धन्यवाद

बाढीपीडितको उद्धारमा चीनको सहयोग विस्तार, परराष्ट्रमन्त्रीले दिए धन्यवाद

काठमाडौँ  : नेपालमा आएको विनाशकारी बाढी र पहिरोपछि छिमेकी चीनले उद्धार तथा राहतका लागि सहयोग थप तीव्र बनाएको छ।चीनको सहयोगप्रति परराष्ट्रमन्त्री शिशिर खनालले धन्यवाद समेत दिए। चिनियाँ राजदूतसँग बिहीबारको भेटमा उनले कृतज्ञता जाहेर गर्दै प्राकृतिक प्रकोपको मिलेर सामना गर्नुपर्ने आवश्यकता पनि औँल्याए । 
बाढीले नेपाल र चीन दुबैतर्फ क्षति भएको चर्चा गर्दै  मन्त्री खनालले प्रभावित क्षेत्रमा चीनको थप सहयोगको अपेक्षा गरे । उनले बाढीमा चिनियाँसहितका विदेशी नागरिक पनि परेकाले उनीहरुको खोज, उद्धार र राहत  लाई पहिलो प्राथमिकता दिइएको बताए । 

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत सामग्रीसहित चिनियाँ टोली परिचालन भएको छ भने पछिल्लो चरणमा डीएनए परीक्षण विशेषज्ञदेखि पानी शुद्धीकरण उपकरणसम्म नेपाल आइपुगेका छन्।

भोटेकोसी तथा नेपाल–चीन सीमा क्षेत्रलाई प्रभावित बनाएको विनाशकारी बाढीपछि चीनले नेपालतर्फ राहत र उद्धार सहयोग विस्तार गरेको छ।

अगस्ट ३० मा चिनियाँ वायुसेनाका दुई वटा Y-20 ठूला सैनिक परिवहन विमान काठमाडौँ आएका थिए। ती विमानमा बाढी प्रभावितका लागि करिब ५० टन आपत्कालीन राहत सामग्री, उद्धार उपकरण र सुरुङ उद्धारसम्बन्धी विशेषज्ञ टोली ल्याइएको थियो।

त्यसपछि सेप्टेम्बर १ मा चीनबाट राहत सामग्रीको दोस्रो खेप काठमाडौँ आइपुग्यो। यसपटक ड्रोन, डीएनए परीक्षणका उपकरण तथा रिएजेन्ट, पानी शुद्धीकरण उपकरण र प्रकाश उपकरण ल्याइएको छ। साथै पाँच जना डीएनए पहिचान विशेषज्ञ पनि नेपाल आएका छन्। उनीहरूले विपद् प्रभावित क्षेत्रमा नेपाली पक्षसँग मिलेर काम गर्नेछन्।

चीन सरकारले नेपाललाई २० लाख अमेरिकी डलर आपत्कालीन बाढी राहत सहयोग उपलब्ध गराएको छ। चिनियाँ रेडक्रसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि थप २ लाख अमेरिकी डलर सहयोग गरेको छ।

चीनले राहत सामग्री र नगद सहयोगसँगै विपद् प्रभावित क्षेत्रका उपग्रह/क्षेत्रीय तस्बिर, जलविज्ञान तथा मौसमसम्बन्धी सूचना पनि नेपाललाई उपलब्ध गराइरहेको जनाएको छ।

सेप्टेम्बर ३ मा चीनले सहयोगको तेस्रो खेप नेपालमा पठायो । चिनियाँ जनमुक्ति सेनाको वायुसेनाको वाई २० ए ठूलो क्षमताको मालवाहक विमानमार्फत राहत सामग्री आयो । साथमा, चिनियाँ फोरेन्सीक विज्ञको १० सदस्यीय टोली पनि नेपाल आयो । चौथो खेप अन्तर्गत फोरेन्सीक विज्ञको टोली आएको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij