Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

विपद् प्रभावितका लागि ८० व्यक्ति तथा संस्थाबाट २५ करोड ६७ लाखभन्दा बढी सहयोग

विपद् प्रभावितका लागि ८० व्यक्ति तथा संस्थाबाट २५ करोड ६७ लाखभन्दा बढी सहयोग

काठमाडौँ : विपद् प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ८० व्यक्ति तथा संस्थाबाट २५ करोड ६७ लाख ८४ हजार ६ सय ९७ रुपैयाँ ७२ पैसा सहयोग संकलन भएको छ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा मंगलबार विभिन्न व्यक्ति तथा संस्थाले राहत सहयोगबापतको रकम चेकमार्फत उपलब्ध गराएका अर्थमन्त्रीको सचिवालयले जनाएको छ।

विभिन्न व्यक्ति तथा संस्थाबाट प्राप्त सहयोग रकम विपद् प्रभावित क्षेत्रका नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा उपयोग गरिने बताइएको छ।मंगलबार एकै दिन ८० व्यक्ति तथा संस्थाले राहतका लागि चेकमार्फत सहयोग उपलब्ध गराएका हुन्। विपद्को समयमा निजी क्षेत्र, संघसंस्था तथा व्यक्तिहरूबाट प्राप्त यस्तो सहयोगले प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट