भरतपुर : बाढी–पहिरो पीडितहरूको सहयोगार्थ ब्रान्डेड अटोमोबाइल्स प्रा.लि.ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार १ सय रुपैयाँ सहयोग गरेको छ।
चितवन र नवलपुर जिल्लाका लागि SML Isuzu, Dongfeng, Kama तथा Forthing Friday का आधिकारिक डिलरका रूपमा भरतपुर महानगरपालिका–९ मा रहेको कम्पनीले विपद्को यस घडीमा पीडित परिवारलाई राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको जनाएको छ।
कम्पनीले रसुवा, धादिङ, नुवाकोट, गोरखा, चितवन, नवलपुरलगायतका जिल्लामा बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ। साथै, बाढी–पहिरोमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij