Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

कृष्णभीर अवरुद्ध भएपछि काठमाडौंमा कसरी हुँदै छ ग्यास र इन्धन आपूर्ति ?

कृष्णभीर अवरुद्ध भएपछि काठमाडौंमा कसरी हुँदै छ ग्यास र इन्धन आपूर्ति ?

काठमाडौँ :  नेपाल आयल निगमले काठमाडौँ उपत्यका र आसपासका जिल्लाहरूमा पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्ति सहज बनाउन वैकल्पिक व्यवस्था गरेको छ। 

त्रिशुली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक अवरुद्ध भएपछि निगमले यस्तो व्यवस्था गरेको हो। 

निगमले एलपी ग्यास उद्योगीहरूसँग छलफल गरी काठमाडौं र आसपासका क्षेत्रमा ग्यासको अभाव हुन नदिन बारा, पर्सा, चितवन, मकवानपुर र नवलपरासी जिल्लामा रहेका ग्यास उद्योगहरूसँग समन्वय गरेको छ। 

यस अनुसार आफ्ना बुलेटहरू खाली गराई ती उद्योगहरूबाट सिलिन्डर रिफिल गर्ने व्यवस्था मिलाइएको छ। कृष्णभीरको बाटो नखुलेसम्म ट्रकहरूमा सिलिन्डर राखेर वैकल्पिक मार्ग हुँदै काठमाडौं उपत्यका र आसपासका जिल्लाहरूमा बिक्री वितरण गरिनेछ।

ग्यासका साथै अन्य पेट्रोलियम पदार्थको आपूर्तिका लागि पनि निगमले स्थानीय प्रशासनसँग समन्वय गरेको छ। इन्धन बोकेका ट्याङ्कर र ट्रकहरूलाई वैकल्पिक मार्गबाट काठमाडौंसम्म ल्याई आपूर्ति व्यवस्थालाई सहज बनाउने कार्य भइरहेको निगमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट