Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

बाढी प्रभावितलाई भारतले पठायो राहत सामग्री

बाढी प्रभावितलाई भारतले पठायो राहत सामग्री

काठमाडौँ :  रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीका कारण ठुलो मानवीय क्षति भएको छ। यस विपद्को समयमा नेपाललाई सहयोग गर्न भारत सरकारले राहत सामग्री पठाएको छ।

भारतका विदेशमन्त्री डा. एस. जयशंकरले नेपालको बाढी प्रभावित क्षेत्रलाई लक्षित गर्दै १० टन मानवीय सहायता तथा अत्यावश्यक औषधिहरू पठाएको जानकारी दिएका हुन्।  विपद्को यो कठिन परिस्थितिमा शोकमा रहेका परिवारहरूप्रति समवेदना प्रकट गर्दै विदेशमन्त्री जयशंकरले भनेका छन्, ‘संकटको यो सामना गर्नुपर्ने अवस्थामा भारत नेपाल र यहाँका जनताको पक्षमा उभिएको छ ।’

नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्कअनुसार बाढीमा परी बुधबार साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको पुष्टि भएको छ। फेला परेका शवहरूमा २७ जना महिला, ३७ जना पुरुष, ६ जना बालिका, ५ जना बालक र पहिचान नखुलेका २० जना रहेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट