काठमाडौँ : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारको उद्धार, राहत एवं अन्य आवश्यक सहयोगका लागि तत्काल पाँच करोड रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
सङ्घको आकस्मिक बैठक बसी सबै एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माको संयोजकत्वमा ‘रसुवा बाढी प्रभावितका लागि राहत तथा उद्धार’ मूल समिति गठन गर्ने निर्णय गरेको छ।
कोषाध्यक्ष कृष्ण तिमल्सिनाको संयोजकत्वमा आर्थिक सहयोग सङ्कलन समिति‚ उपाध्यक्ष मनोज गोर्खालीको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति र महासचिव डा चिरञ्जीवी खड्काको संयोजकत्वमा एनसिसी परिचालन समिति र सम्बन्धित निकायसँग समन्वय गर्न प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतलाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ।
आवश्यक मेडिकल तथा स्वयंसेवक टोलीलाई तत्काल परिचालन गर्ने, उद्धार तथा राहत कार्यमा स्वयंसेवकका रूपमा सहभागी हुन अपिल गर्ने, तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक आर्थिक सहयोग जुटाउन निर्देशन दिने निर्णय गरेको छ।
बैठकले आवश्यक समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउनेलगायत निर्णय गरेको महासचिव डा. चिरञ्जीवी खड्काद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij