Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

नेपाल आयल निगमद्धारा शनिबार काठमाडौँमा ६८०२ सिलिन्डर बिक्री वितरण

नेपाल आयल निगमद्धारा शनिबार काठमाडौँमा ६८०२ सिलिन्डर बिक्री वितरण

काठमाडौंँ :  नेपाल आयल निगमले शनिबार काठमाडौंका विभिन्न पाँच बिक्री केन्द्रहरूबाट कुल ६ हजार ८ सय २ थान खाना पकाउने एलपी ग्यास सिलिन्डर प्रत्यक्ष रूपमा उपभोक्तालाई बिक्री गरेको छ ।

निगमले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै टेकु परिसर, यातायात कार्यालय चावहिल, राधास्वामी परिसर कीर्तिपुर, राधास्वामी परिसर बसुन्धरा र पुरानो जिल्ला प्रशासन कार्यालय बबरमहलबाट उक्त परिमाणमा ग्यास वितरण गरिएको जानकारी दिएको हो ।


कुपन हुनेलाई भोलि प्राथमिकता

ग्यास वितरणका क्रममा शनिबार केही ब्रान्डका सिलिन्डरहरू अपुग भएका कारण लाइनमा बसेर पनि रित्तो हात फर्किनुपरेका उपभोक्ताहरूको लागि निगमले विशेष व्यवस्था गरेको छ ।

समयभित्रै बिक्री केन्द्रमा उपस्थित भएर पनि ग्यास नपाएका उपभोक्ताहरूलाई कुपन वितरण गरिएको र उनीहरूलाई भोलि आइतबार पहिलो प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराइने निगमका प्रवक्ताले जानकारी दिनुभएको छ । 

भोलि सात ठाउँबाट वितरण हुँदै

यसैबिच, निगमले भोलि साउन ३१ गते आइतबार पनि काठमाडौँ उपत्यकाका सातवटा विभिन्न स्थानबाट ग्यास वितरण गर्ने कार्यलाई निरन्तरता दिने भएको छ । शनिबार ग्यास नपाएर कुपन लिएका र अन्य अति आवश्यक भएका उपभोक्ताहरूले भोलि तोकिएका स्थानहरूबाट ग्यास खरिद गर्न सक्नेछन् । निगमले उपभोक्ताको सहजता र पारदर्शिताका लागि यस्तो कदम चालिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट