Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

अन्तिम दिन ७.३७ अंकले घट्यो सेयर बजार, ४ अर्ब २७ करोडको कारोबार

अन्तिम दिन ७.३७ अंकले घट्यो सेयर बजार, ४ अर्ब २७ करोडको कारोबार

काठमाडौँ : साताको कारोबारको अन्तिम कारोबार शुक्रबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ । आज नेप्से परिसूचक ७.३७ अंकले घटेर २६४३.८३ विन्दुमा पुगेर बन्द भएको छ । आज बजारमा कुल ३४४ कम्पनीका ९७ लाख ५४ हजार ४०३ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट कुल ४ अर्ब २७ करोड ५६ लाख ७५ हजार ४०२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा १०१ कम्पनीको सेयर मूल्य बढेको छ भने १६४ कम्पनीको मूल्यमा गिरावट आएको छ । १२ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । बजार सुरु भएदेखि नै उतारचढावपूर्ण देखिएको नेप्से अन्तिम समयमा घटेर बन्द भएको हो ।

आज ट्रेडिङ समूहमा सबैभन्दा धेरै २.५७ प्रतिशत गिरावट देखिएको छ । अरू सबै समूहमा एक प्रतिशत भन्दा कमले घटबढ भएका छन् । आज माउन्ट एभरेस्ट हाइड्रोपावर र सर्वोत्तम पेन्टसका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी दुवै कम्पनीको सेयर मूल्यमा करिब १५ प्रतिशतको बढोत्तरी देखिएको छ ।

यस्तै, फर्स्ट माइक्रोफाइनान्स र वरुण हाइड्रोपावरका लगानीकर्ताले पनि ६ प्रतिशतभन्दा बढी नाफा कमाएका छन् । घटेको बजारमा सुपर खुदी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक १२.८३ प्रतिशत मूल्य गुमाएका छन् ।

कारोबार रकमका आधारमा आज कृषि विकास बैङ्कको शीर्ष स्थानमा रह्यो, जसको ७० करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसैगरी, खानीखोला हाइड्रोपावर, लिबर्टी इनर्जी र ङादी ग्रुप पावर पनि धेरै कारोबार हुने कम्पनीहरूको सूचीमा परेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट