Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

चितवनमा सर्वपक्षीय सद्भाव र्‍याली, शान्ति र राष्ट्रिय एकताको सन्देश

चितवनमा सर्वपक्षीय सद्भाव र्‍याली, शान्ति र राष्ट्रिय एकताको सन्देश

भरतपुर : चितवनको भरतपुरमा सर्वपक्षीय सहभागितामा शान्ति, सद्भाव र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्दै सद्भाव र्‍याली निकालिएको छ। पछिल्लो समय सुनसरी, सिरहा लगायत देशका विभिन्न जिल्लामा देखिएका जातीय तथा धार्मिक तनावका घटनाप्रति चिन्ता व्यक्त गर्दै समाजमा आपसी विश्वास, सहिष्णुता र सामाजिक एकतालाई थप मजबुत बनाउने उद्देश्यले र्‍याली आयोजना गरिएको हो।

भरतपुर महानगरपालिका, जिल्ला प्रशासन कार्यालय चितवन, जिल्लास्थित राजनीतिक दल तथा विभिन्न धार्मिक संघसंस्थाको संयुक्त आयोजनामा भएको र्‍याली भरतपुरको चौविसकोठीबाट सुरु भई नगरका मुख्य सडक हुँदै नारायणगढ पुलचोकमा पुगेर सम्पन्न भएको थियो।

 

‘शान्ति, सद्भाव र एकताका लागि शान्तिपूर्ण ऐक्यबद्धता’ लेखिएको ब्यानरसहित सहभागीहरूले नगर परिक्रमा गर्दै नेपाल विविधताले सम्पन्न बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक राष्ट्र भएकाले यही विविधता राष्ट्रिय एकताको आधार भएको सन्देश दिएका थिए। उनीहरूले समाजमा फैलाउन खोजिने विभाजनकारी सोच, घृणा र हिंसाको प्रतिरोध गर्दै संवाद, आपसी सम्मान र सहअस्तित्वको संस्कृतिलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।

र्‍यालीमा भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारी, प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, जिल्लाका राजनीतिक दलका प्रतिनिधि, विभिन्न धार्मिक तथा सामाजिक संघसंस्थाका अगुवा, नागरिक समाज, सुरक्षाकर्मी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

आयोजकहरूले शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्नु सबै नागरिकको साझा दायित्व भएको उल्लेख गर्दै कुनै पनि प्रकारका जातीय, धार्मिक वा सामाजिक द्वन्द्वलाई संवाद र सहकार्यबाट समाधान गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

भरतपुर महानगर र जिल्ला प्रशासन कार्यालय चितवनको पहलमा आयोजित सद्भाव ¥यालीमा विभिन्न धार्मिक संघ संगठनका प्रतिनिधिहरु, राजनैतिक दलका प्रतिनिधिहरु, उद्योगी व्यापारी, मजदुर र नागरिक समाजका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट