Logo

Jul 25 2026 | २०८३, श्रावण ९गते

कांग्रेस संवैधानिक राजसंस्थाको पक्षमा उभिनुको विकल्प छैनः नेता भण्डारी

कांग्रेस संवैधानिक राजसंस्थाको पक्षमा उभिनुको विकल्प छैनः नेता भण्डारी

काठमाडौं । नेपाली कांगेसका नेता शंकर भण्डारीले पार्टीले संवैधानिक राजसंस्था स्वीकार गर्नुको कुनै विकल्प नभएको बताएका छन्।

सनातन हिन्दु राष्ट्र स्थापना महाअभियानको संयोजक समेत रहेका नेता भण्डारीले आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सबै दललाई राजसंस्था स्वीकार गर्न आग्रह गरे।

उनले भने, ‘आफ्नो स्वार्थ भन्दा माथि उठौँ। दलीय स्वार्थ भन्दा माथि उठौँ। हाम्रो मातृभूमि नेपाललाई शिरमा राखौँ। बाह्य स्वार्थलाई खेल्ने अवसर नदिऊँ, देशको निर्माण अगुवाइ गर्नुभएको राजा बडामहाराजाधिराज पृथ्वीनारायण शाहको एउटा लिगेसी संवैधानिक राजसंस्था रहन सक्छ। यो कुरालाई कांग्रेसले अनिवार्य आत्मसात् गर्नुपर्छ।’

कांग्रेस पार्टीले संवैधानिक राजसंस्थासहित वैदिक सनातन धर्मको मूल विचारलाई अघि सार्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij