Logo

Jul 25 2026 | २०८३, श्रावण ९गते

तनहुँमा माइक्रोबस दुर्घटना हुँदा आठ जना घाइते

तनहुँमा माइक्रोबस दुर्घटना हुँदा आठ जना घाइते

 तनहुँ  : तनहुँमा माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।व्यास नगरपालिका १२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको ग प्र ०१–००१ ख ०१७१ नम्बरको हाइस अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका यात्रुहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ ।हाइसमा सवार १२ जनामध्ये ४ जना सकुशल रहेका छन् भने ८ जना घाइते भएका हुन् ।

दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij