काठमाडौँ : नेपाली कांग्रेसले प्रदेशका सरकारहरूबारे पार्टीका प्रदेश सभापति संसदीय दलका नेता र मुख्यमन्त्रीहरूसँग छलफल गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको छलफलमा सभापति गगन थापा उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल तथा महामन्त्री गुरुराज घिमिरे थिए।
प्रदेशहरूका तर्फबाट सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह कर्णाली प्रदेशका सभापति ललित जंगशाही लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन र संसदीय दलका नेता दिल्ली चौधरी गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानिया मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादव र कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा सहभागी रहेको महामन्त्री गुरुराज घिमिरेले जानकारी दिए। बैठकले प्रदेश सरकार गठन र सहभागिताका लागि सबै दलसँग वार्ता र संवाद को ढोका खुल्ला राख्ने निर्णय गरेको छ ।
'प्रदेश अनुसारका अवस्था फरक फरक छन् तसर्थ अहिलेका लागि प्रदेश सरकार निर्माण सञ्चालन र निरन्तरताका लागि ठुला र साना सबै दलहरूसँग वार्ताको ढोका खुल्ला राख्ने निर्णय भएको छ' महामन्त्री घिमिरेले रातोपाटीसँग भने ।
उनले प्रदेश सरकार गठनका लागि अहिलेसम्म कुनै दलसँग सहकार्य गरेर अगाडि बढ्ने भन्ने सहमति भइनसकेको पनि बताए वार्ता र संवादहरू भने जारी रहेको घिमिरेको भनाइ थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij