Logo

Nov 21 2026 | २०८३, मंसिर ६गते

विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने

विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने

काठमाडौँ :  सरकारले विभिन्न विश्वविद्यालयमा पदाधिकारी नियुक्तिमा हस्तक्षेप नगर्ने स्पष्ट पारेको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा रजिस्ट्रार, रेक्टर,डिन लगायतका पदाधिकारी नियुक्तिमा हस्तक्षेप नगर्ने स्पष्ट पारेका हुन्। 

शिक्षा मन्त्रालयमा शुक्रबार शिक्षा पत्रकारहरूसँगको छलफलमा शिक्षा मन्त्री पोखरेलले आफूहरूले विश्वविद्यालयलाई स्वायत्त बनाउने बताए। मन्त्री पोखरेलले भने, 'विश्वविद्यालय स्वायत्त निकाय हो । यसमा राजनीतिक हस्तक्षेप हुँदैन । उपकुलपतिज्यूहरूले स्वतन्त्र ढङ्गले काम गर्नुहुन्छ ।' 

नवनियुक्त उपकुलपतिहरूलाई आफ्नो टिम आफैँ बनाउन निर्देशन दिइएको समेत बताए। विगतमा पदाधिकारी नियुक्तिमा राजनीतिक भागबन्डा हुने गरेको थियो । हालसम्म आठ वटा विश्वविद्यालयमा उपकुलपति नियुक्ति भइसकेका छन्।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij