Logo

Jul 25 2026 | २०८३, श्रावण ९गते

दार्चुलाबाट धनगढी पुगे गोविन्द केसी, आजदेखि अनशन थाल्ने

दार्चुलाबाट धनगढी पुगे गोविन्द केसी, आजदेखि अनशन थाल्ने

काठमाडौं : मेडिकल क्षेत्र सुधारका अभियन्ता डा. गोवीन्द केहीले आजदेखि अनसन सुरु गर्दैछन्। केही दिनदेखि दार्चुलामा रहनुभएका केसी हिजो साँझ धनगढी पुगेर एलएनचोकस्थित कृष्ण मन्दिरको धर्मशालामा बसेका छन्। 

आज त्यहीँबाट २४औं अनसन सुरु गर्न लागेका हुन्। पत्रकारहरुसँग कुराकानी गर्दै केसीले सरकारलाई जनताले निजी माफियाहरुलाई पोस्न र जेहेन्दार विद्यार्थीको छात्रवृत्ति खोस्न नपठाएको भन्दै स्थापित नियम र मूल्य मान्यता विपरीत स्वार्थको द्वन्द्व हुनेगरी दशरथचन्द मेडिकल विश्वविद्यालय सहितका चिकित्सा आयोगमा गरिएका नियुक्ति बन्द गर्न माग गरे। 
चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने र मापदण्ड तथा पूर्वाधारबिना निजी कलेजहरुमा सिट वृद्धि गर्ने प्रस्ताव र निर्णय खारेज गर्न माग गरिएको छ। 

गेटामा विश्वविद्यालय सञ्चालनमा आउनु स्वागतयोग्य भए पछि लाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको साटो विश्वविद्यालय मोडलमा आउनुमा समेत षड्यन्त्र रहेको उनको आरोप छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij