Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा सिंह नियुक्त

बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा सिंह नियुक्त

चितवन : चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त भएका छन्। लामो समयसम्म त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कार्यरत रहेका डा. सिंह स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार अस्पतालको अध्यक्षमा नियुक्त भएका हुन्। उनले मन्त्रालयबाट आफ्नो नियुक्तिको औपचारिक जानकारी प्राप्त भएको बताएका छन्।

अस्पतालको अध्यक्ष पदका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत वैशाख १५ गते सार्वजनिक रूपमा आवेदन आह्वान गरेको थियो। उक्त पदका लागि आठ जनाले आवेदन दिएका थिए। ती आवेदकमध्ये डा. सिंह अध्यक्षमा नियुक्त भएका हुन्। डा. सिंह स्वास्थ्य क्षेत्रमा लामो अनुभव र विशेषज्ञता भएका चिकित्सकका रूपमा परिचित छन्।

उनको नियुक्तिसँगै देशकै प्रमुख क्यान्सर उपचार केन्द्रका रूपमा रहेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सेवा प्रवाह, व्यवस्थापन र संस्थागत विकासमा थप प्रभावकारिता आउने अपेक्षा गरिएको छ। भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल क्यान्सर रोगको उपचार, अनुसन्धान तथा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने नेपालकै अग्रणी अस्पतालमध्ये एक हो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट