Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

रास्वपा केन्द्रीय सदस्य मतदान सम्पन्न, २,९५९ मत खस्यो

रास्वपा केन्द्रीय सदस्य मतदान सम्पन्न, २,९५९ मत खस्यो

चितवन  : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य चयनका लागि भएको मतदान सम्पन्न भएको छ। उक्त मतदानमा कुल २ हजार ९५९ मत खसेको निर्वाचन आयोग स्रोतले जनाएको छ।

केहीबेर अघि सम्पन्न मतदानपछि अहिले मुचुल्का तयार गर्ने कार्य भइरहेको छ। निर्वाचन आयोग स्रोतका अनुसार आवश्यक प्रक्रिया पूरा भएपछि केहीबेरमै मतगणना सुरु गरिनेछ। मतगणना सम्पन्न भएपछि केन्द्रीय सदस्यको नतिजा सार्वजनिक गरिने र त्यसलगत्तै आजै पदाधिकारी चयनका लागि मतदान प्रक्रिया अघि बढाइने बताइएको छ।

नेता मनिष झाले दिएको जानकारीअनुसार खुला उपसभापति, महिला उपसभापति, महामन्त्री, दुई खुला सहमहामन्त्री तथा दुई महिला सहमहामन्त्री पदका लागि पनि आजै मतदान हुने तयारी गरिएको छ। रास्वपाको पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट