Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

दिउँसो २ बजेदेखि रास्वपाको बन्दसत्र सुरु गर्ने निर्णय, यस्तो छ कार्यतालिका

दिउँसो २ बजेदेखि रास्वपाको बन्दसत्र सुरु गर्ने निर्णय, यस्तो छ कार्यतालिका

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भरतपुरमा जारी पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र मंगलबार दिउँसो २ बजेदेखि सुरु हुने भएको छ। बन्दसत्रमार्फत विभिन्न प्रतिवेदनमाथि छलफल गर्दै नयाँ नेतृत्व चयनको प्रक्रियालाई अघि बढाइने भएको छ। पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बिहान १० बजेदेखि प्रतिनिधि दर्ता सुरु भइसकेको छ। प्रतिनिधि व्यवस्थापन उपसमितिले दर्ता प्रक्रियालाई अगाडि बढाएको हो। दिउँसो २ बजे पार्टी सभापति रवि लामिछानेले बन्दसत्रको औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ।

बन्दसत्र सुरु भएलगत्तै अनुशासन आयोगका संयोजक रमाकान्त रिमालले अनुशासनसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नेछन् भने कोषाध्यक्ष लिमा अधिकारीले वित्तीय प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ। त्यसपछि महामन्त्री बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन्। दिउँसो ३ः४५ बजेदेखि ४ः४५ बजेसम्म केन्द्रीय समितिबाट पारित विधान संशोधन प्रस्ताव सहमहामन्त्री विपिनकुमार आचार्यले प्रस्तुत गर्नेछन्। प्रस्तावमाथि छलफल गरी अनुमोदन गर्ने कार्यक्रम रहेको छ।

यसैगरी उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीको अर्थ–राजनीतिक प्रस्तावना प्रस्तुत गर्नेछन् भने सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्नेछन्। उक्त प्रतिवेदनमाथि साँझ ६ः३५ बजेसम्म छलफल तथा सुझाव संकलनको समय निर्धारण गरिएको छ।

बन्दसत्रको अन्तिम चरणमा सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समितिको गठन घोषणा गर्नेछन्। त्यसपछि आयोजक समितिले निर्वाचनको सम्पूर्ण जिम्मेवारी केन्द्रीय निर्वाचन आयोगलाई हस्तान्तरण गर्नेछ। कार्यक्रमको समापनसँगै निर्वाचन आयोगले निर्वाचन प्रक्रिया र विस्तृत समयतालिका सार्वजनिक गर्नेछ। त्यसपछि रास्वपाको नयाँ नेतृत्व चयनको प्रक्रिया औपचारिक रूपमा अगाडि बढ्ने पार्टीले जनाएको छ।

725732711_1016431771149025_9198565478849033674_n

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट