Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

रास्वपा महाधिवेशनमा खानाको मेन्यू : बिहान मटन खाना, बेलुका मिक्सभेज

रास्वपा महाधिवेशनमा खानाको मेन्यू : बिहान मटन खाना, बेलुका मिक्सभेज

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा हिजोदेखि सुरु भएको पहिलो महाधिवेशनको बन्दसत्रको कार्यक्रम आजदेखि सुरु हुँदैछ । देशभरका विभिन्न जिल्ला, प्रवास, विभिन्न तहका कमिटीबाट झण्डैं ४१ सय प्रतिनिधि महाविधेशनमा सहभागी हुन आएका छन् । महाविधेशनको बन्दसत्र चितवन उद्योग संघको प्रर्दशनी केन्द्रमा सुरु हुँदैछ । अधिकांश प्रतिनिधिहरू हिजो नै महाधिवेशनस्थलमा आएका छन् । पार्टीको समन्वयमा आफैंले होटल खोजेर बसेका महाधिवेशन प्रतिनिधिहरूको खानपानको व्यवस्थापन भने आज बिहानबाट सुरु भएको छ ।

महाविधेशनस्थलमा विहान ७ बजेदेखि ब्रेकफास्ट सुरु भएको छ । महाधिवेशनका प्रतिनिधिहरूलाई बिहान ब्रेकफास्ट, बिहानको खाना, दिउँसो हाइटी र बेलुकाको खानाको व्यवस्था रास्वपाले गरेको छ । प्रतिनिधिहरुलाई बिहान खसीको मासु र भात खुवाइने छ । ४१ सय प्रतिनिधि र अन्य सहभागीलाई बिहानको खानाका लागि मात्रै दैनिक झण्डै ८ क्विन्टल खसीको मासुको व्यवस्था गरिएको छ । बेलुका भने मिक्स भेज तरकारी खुवाइनेछ । दियालो फुडल्याण्ड क्षेत्रपुर नारायणगढले ३ दिनका लागि खानाको व्यवस्थापनको जिम्मेवारी लिएको छ ।

बिहान र बेलुकाको खानामा कम्तीमा १० आइटम राखिनेछ । मासु नखानेहरुलाई पनिर, च्याउको व्यवस्था हुनेछ, साथमा सिजनल तरकारी पनि राखिने छ । दियालो फुडल्याण्डका प्रवन्ध निर्देशक रमेश अधिकारीका अनुसार बिहान ७ बजेदेखि ब्रेक फास्ट, दिउँसो १ बजेदेखि २.३० बजेसम्म खाना, दिउँसो ३ बजेदेखि ५ बजेसम्म हाइटी र बेलुका ६ बजेदेखि ९ बजेसम्म खानाको व्यवस्था गर्ने तालिका रहेको छ ।

चितवनमा गर्मी भएको कारणले खानामा उच्च सावधानी अपनाइएको प्रबन्ध निर्देशक अधिकारीले बताए । खाना तथा खाजाको व्यवस्थापनका लागि दियालो फुडल्याण्डका मात्रै झण्डै २ सय जना कर्मचारी तथा कामदार परिचालन गरिएको प्रबन्ध निर्देशक रमेश अधिकारीले जानकारी दिए । महाविधेशनस्थलमा नै खाना पकाउने र खुवाउने व्यवस्था गरिएको छ । झण्डैं ५ हजार जना ब्यक्तिका लागि लाइभ पकाएर सोही स्थलमा नै खुवाउन लागिएको चितवनमा नै पहिलोपटक भएको दाबी अधिकारीले गरे ।

खाना र ब्रेक फास्टका लागि १५ वटा टेवल स्टल लगाइएका छन् । दुवैतिरबाट खाना लिन मिल्छ । जिरा राइस, दाल, तरकारी, अचार, सलाद, दही लगायतका आइटम राखिनेछन् ।प्रतिनिधिहरुलाई खानाका लागि कुपनको व्यवस्था गरिएको छ । हरेक प्रतिनिधिसँग ५ हजार रुपैयाँ अधिवेशन शुल्क रास्वपाले उठाएको छ । प्रतिनिधिहरूले बास बसेको रकम भने होटलमा आफैं तिर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट