Logo

Nov 18 2026 | २०८३, मंसिर ३गते

रास्वपाले मधेस प्रदेशको महाधिवेशन प्रतिनिधि नामावली सार्वजनिक गर्न सकेन

रास्वपाले मधेस प्रदेशको महाधिवेशन प्रतिनिधि नामावली सार्वजनिक गर्न सकेन

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरे पनि मधेस प्रदेशका प्रतिनिधिको सूची भने अझै टुङ्गो लगाउन सकेको छैन। 

केन्द्रीय निर्वाचन आयोगले अन्य क्षेत्रका प्रतिनिधिहरूको नामावली सार्वजनिक गर्दै दाबी विरोधको प्रक्रिया अघि बढाए पनि मधेस प्रदेशको हकमा भने नाम समावेश नभएको हो । मधेस प्रदेशमा यसअघि विवादकै कारण प्रदेश अधिवेशन समेत हुन सकेको थिएन । 

पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीद्वारा जारी विज्ञप्ति अनुसार, बाँकीका हकमा भने महाधिवेशनका लागि नामावली सार्वजनिक गरिएका प्रतिनिधिहरूले आफ्नो विवरणमा कुनै त्रुटि भए वा नाम छुटेको भए सच्याउनका लागि असार ८ गते बिहान १० बजेसम्मको समय दिइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij