Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

रास्वपाका संस्थापक सदस्य स्वतः केन्द्रीय समिति सदस्य हुने

रास्वपाका संस्थापक सदस्य स्वतः केन्द्रीय समिति सदस्य हुने

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संस्थापक सदस्य स्वतः केन्द्रीय समिति सदस्य हुने भएका छन् । हिजो भरतपुरमा बसेको केन्द्रीय समिति बैठकले संस्थापकलाई स्वतः केन्द्रीय सदस्य मनोनीत गर्ने अधिकार सभापतिलाई दिएको एक संस्थापक सदस्यले जानकारी दिए ।

पार्टी स्थापनाकालमा २१ जना केन्द्रीय सदस्य थिए । ती मध्ये डा मुकुल ढकाल अहिले रास्वपामा छैनन् । डिपी अर्याल सभामुख छन् । 

रास्वपाको संशोधित विधानमा १९ पदाधिकारी, १५१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ । सात प्रदेशका सभापति पदेन सदस्य रहनेछन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट