Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

भरतपुरमा १६ वर्षीय किशोरमाथि धारिलो हतियार प्रहार, आक्रमणकारी फरार

भरतपुरमा १६ वर्षीय किशोरमाथि धारिलो हतियार प्रहार, आक्रमणकारी फरार

चितवन :  चितवनको भरतपुर महानगरपालिका–१२ नौरङे चोक अगाडि १६ वर्षीय किशोरमाथि धारिलो हतियार प्रहार भएको छ।

मिति २०८३ जेठ ३१ गते दिउँसो करिब १:४५ बजे भरतपुर–१२ निवासी रिदम पराजुलीमाथि केही व्यक्तिहरूले चक्कु प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आस्थाचोक निवासी मिसन पौडेल, भरतपुर–१० निवासी जेनिस गुरुङसहित ३–४ जनाको समूह स्कुटीमा आएर किशोरमाथि आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो।

घटनापछि आक्रमणमा संलग्न भनिएका सबै व्यक्ति फरार रहेका छन्। घाइते किशोरको हाल उपचार भइरहेको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ र फरार व्यक्तिहरूको खोजतलास भइरहेको बताएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट