Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

क्यान्सर उपचारमा प्रयोग हुने कार्बोप्लाटिन १५० एमजी अभावबीच सहज आपूर्तिका लागि यति फार्माकेमको पहल

क्यान्सर उपचारमा प्रयोग हुने कार्बोप्लाटिन १५० एमजी अभावबीच सहज आपूर्तिका लागि यति फार्माकेमको पहल

काठमाडौं : बजारमा अभाव देखिएको क्यान्सर उपचारमा प्रयोग हुने Platinium Based औषधिमध्ये Carboplatin 150 mg को सहज उपलब्धताबारे Yetichem Group अन्तर्गतको Yeti Pharmachem Distributors Pvt. Ltd. ले औषधि व्यवस्था विभागलाई जानकारी गराएको छ। कम्पनी नेपालमा जीवनरक्षक तथा विशेष औषधिको आयात–वितरणमा सक्रिय रहेको जनाएको छ।

कम्पनीले २०८३ जेठ २८ गते औषधि व्यवस्था विभागका महानिर्देशकलाई पत्राचार गर्दै हाल बजारमा अभाव रहेको Carboplatin 150 mg औषधि सहज रूपमा प्राप्त गर्न सकिने स्थान र सम्पर्क व्यक्तिहरूको विवरण उपलब्ध गराएको हो।

कम्पनीका कार्यकारी अध्यक्ष प्रभु राजे बैचेद्वारा हस्ताक्षरित पत्रमा आवश्यक समन्वयमार्फत उक्त औषधि सहज रूपमा उपलब्ध गराउन सकिने उल्लेख गरिएको छ।

यसअनुसार चितवनस्थित A Plus Medico का अनिश पौडेल (९८४५२१३७६४), भक्तपुरस्थित Washa Medicare Pvt. Ltd. का प्रदीप रागौ (९८४१८१५४०८) तथा काठमाडौंस्थित Yetichem Distributors Pvt. Ltd. का रास कार्की (९८०१२१६५५३) सँग समन्वय गरी औषधि प्राप्त गर्न सकिने जानकारी विभागलाई गराइएको छ।

कम्पनीले जीवनरक्षक औषधिको आपूर्ति व्यवस्थापन र बिरामीको उपचारमा सहजता ल्याउने उद्देश्यले उक्त जानकारी उपलब्ध गराएको जनाएको छ। यतिकेम समूह नेपालमा क्यान्सर, खोप, एन्टिरिट्रोभाइरल तथा अन्य विशेष औषधिको आयात र वितरणमा संलग्न रहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट