Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते

सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी

सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी

काठमाडौँ  : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार एक अन्तर्वार्तामा इरानसँग सम्झौता गर्नुअघि इरानको रोक्का सम्पत्ति रिहा (फुक्का) नगर्ने बताएका छन् ।सम्भावित सम्झौताको एक हिस्साको रूपमा इरानको सम्पत्ति रोक्का हटाउन वा इरानमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न तपाईँ इच्छुक हुनुहुन्छ कि छैन भन्ने प्रश्नमा ट्रम्पले जवाफ दिए, “होइन, त्यो पछि आउँछ। यदि उनीहरूले सही व्यवहार गरे र राम्रो काम गरे भने हामी यसबारे छलफल गर्नेछौँ,” उनले एनबीसीसँगको अन्तर्वार्तामा भने ।

इरानले रोक्का गरिएका अर्बौकों सम्पत्तिमाथि रोक हटाउन माग गर्दै आएको छ ।यस मामिलासँग नजिक रहेको एक स्रोतका अनुसार अमेरिकी अर्थमन्त्रालयले इरानको सम्पत्ति खाडी राष्ट्रहरूलाई इरानी आक्रमणबाट भएको क्षतिको क्षतिपूर्ति दिन प्रयोग गर्न सकिने सम्भावनालाई विचार गरिरहेको छ ।

राष्ट्रपति ट्रम्पले इरानमा संवर्धित युरेनियम कहाँ छ भन्ने आफूलाई ठ्याक्कै थाहा भएको र यसलाई कुनै न कुनै तरिकाले पुनः प्राप्त गर्न चाहेको दोहोर्‍याए ।“यदि हामीले सम्झौता गर्‍यौँ भने, यो युरेनियम पुनः प्राप्त गर्ने वा कसरी व्यवस्थापन गर्ने विषयमा पनि सहमति गरिनेछ”, उनले भने, “हामी यसलाई बाहिर निकाल्नेछौँ र नष्ट गर्नेछौँ ।”

संवर्धित युरेनियमको भविष्यबारे हुने निर्णय इरान विरुद्ध संयुक्त राज्य अमेरिका र इजरायलले लडेको युद्ध अन्त्य गर्न सम्झौतामा पुग्न सबैभन्दा कठिन बिन्दुहरू मध्ये एक हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट