Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

पथरीमा नयाँ डीएसपी पन्तको आगमन, लागूऔषध नियन्त्रण प्राथमिकता

पथरीमा नयाँ डीएसपी पन्तको आगमन, लागूऔषध नियन्त्रण प्राथमिकता

लेटाङ : मोरङको पथरी शनिश्चरेस्थित ईलाका प्रहरी कार्यालयमा नयाँ प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) वीर दत्त पन्त नियुक्त भएका छन्। उनी हालै नवलपरासीबाट सरुवा भई पथरी आएका हुन् र कार्यालयको जिम्मेवारी सम्हाल्दै शान्ति सुरक्षा कायम राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

डीएसपी पन्तले नागरिकमैत्री प्रहरी सेवा प्रवाह, अपराध नियन्त्रण र समाजमा चुनौती बनेको लागूऔषध दुव्र्यसन तथा ओसारपसार नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्। उनले समुदायसँग सहकार्य गर्दै युवापुस्तालाई सचेतना दिन र प्रभावकारी सुरक्षा व्यवस्थापन गर्न विशेष जोड दिने बताए।

उनको आगमनसँगै स्थानीयवासीले इलाकाको सुरक्षा व्यवस्थापन थप प्रभावकारी हुने आशा व्यक्त गरेका छन्। प्रहरी कार्यालयले पनि आगामी दिनमा अपराध न्यूनीकरणमा समुदायसँग मिलेर सक्रिय पहल गर्ने योजना बनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट