Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्धको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुँदै

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्धको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुँदै

काठमाडौँ : सरकारले ल्याएको संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार) सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०८३ को वैधानिकतामाथि प्रश्न उठाउँदै दाय रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । 

अधिवक्ता गीता थापाले दायर गरेको रिट प्रधान न्यायाधीश डा‍.मनोजकुमार शर्मा, न्यायाधीशहरू हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा र महेश शर्मा पौडेल सम्मिलित संवैधानिक इजलासमा हुन लागेको हो । यसअघि न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले गत आइतबार उक्त अध्यादेशविरुद्ध दर्ता गर्न खोजिएको निवेदनको दरपिठ उपर परेको निवेदनलाई संवैधानिक इजलासमा पेस गर्न आदेश दिएको हो । 

अधिवक्ता थापाले राष्ट्रपति कार्यालय शीतल निवास लगायतलाई विपक्षी बनाई संवैधानिक परिषद्सम्बन्धी अध्यादेश नेपालको संविधानसँग बाझिएको दाबी गर्दै रिट दिएकी थिइन् ।  उक्त निवेदनलाई सर्वोच्चका रजिस्ट्रारले २०८३ वैशाख २५ गते दरपिठ गरिदिएका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट