Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

एसईई नतिजामा लिटिल फ्लावर स्कुलको उत्कृष्ट प्रदर्शन

एसईई नतिजामा लिटिल फ्लावर स्कुलको उत्कृष्ट प्रदर्शन

भरतपुर : भरतपुर महानगरपालिका–३ स्थित लिटिल फ्लावर स्कुलले एसईई २०८२ मा चितवनको संस्थागत विद्यालयतर्फ उत्कृष्ट नतिजा निकाल्न सफल भएको छ ।

यस वर्षको एसईई परीक्षामा विद्यालयका चार जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन् । विद्यालयका प्रिन्सिपल डा. फादर मन्जुस एसजेका अनुसार विया श्रेष्ठ, सफल रसाइली, प्रज्ञा त्रिपाठी र प्रिन्स घर्ती मगरले ४ जीपीए ल्याएर विद्यालयलाई गौरवान्वित बनाएका हुन् । विद्यालयका अनुसार यस वर्ष ६८ जना विद्यार्थीले ३.६ जीपीएभन्दा माथि तथा ७८ जना विद्यार्थीले ३.२ जीपीएभन्दा माथि नतिजा हासिल गरेका छन् । समग्रमा विद्यालयको उत्तीर्ण प्रतिशत ९८.८८ रहेको प्रिन्सिपल फादर मन्जुसले जानकारी दिए ।

लिटिल फ्लावर स्कुलले हरेक वर्ष उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्दै आएको उल्लेख गर्दै उनले विद्यार्थी, शिक्षक तथा अभिभावकको संयुक्त मेहनतले यो सफलता सम्भव भएको बताए । गत वर्ष पनि यस विद्यालयबाट पाँच जना विद्यार्थीले ४ जीपीए ल्याउन सफल भएका थिए । यस वर्ष पनि उत्कृष्ट नतिजासँगै लिटिल फ्लावर स्कुल चितवनको संस्थागत शिक्षामा अब्बल विद्यालयका रूपमा स्थापित बनेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट