Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

३ जना सवार स्कुटर दुर्घटनामा २ युवतीको मृत्यु

३ जना सवार स्कुटर दुर्घटनामा २ युवतीको मृत्यु

बुटवल : बुटवलमा तीन जना सवार स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। गएराति पर्यटकीय ठाउँ पाल्पाको नुवाकोटबाट बुटवल फर्किँदै गरेको लु ३४ प ५७६६ नम्बरको स्कुटर बेलबासमाथिको भ्यू टावरनजिकै अनियन्त्रित भई दुर्घटना हुँदा दुई युवतीको मृत्यु भएको हो।मृत्यु हुनेमा कपिलवस्तु बाणगंगा नगरपालिका–७ की १९ वर्षीया निशा कुँवर र बुटवल उपमहानगरपालिका–११, कालिकानगर रामपथकी १८ वर्षीया पूर्णिमा मगर छन्।

दुर्घटनामा स्कुटर चालक कपिलवस्तु बाणगंगा–७, बनगाईका सोमन श्रेष्ठ गम्भीर घाइते भएको इलाका प्रहरी कार्याललय, बुटवलका प्रमुख डीएसपी निशान्त श्रीवास्तवले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट