Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

चितवन प्रहरीको स्वीप अपरेशन : २५ जना पक्राउ

चितवन प्रहरीको स्वीप अपरेशन : २५ जना पक्राउ

चितवन :  जिल्ला प्रहरी कार्यालय चितवनले सञ्चालन गरेको स्वीप अपरेशन अन्तर्गत विभिन्न स्थानबाट २५ जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीले विशेषगरी मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, यात्रुको इच्छाविपरीत झोला तथा सामान तानी हैरानी बनाउने, दुःख दिने, विभिन्न सरकारी कार्यालयमा सेवा प्रवाहमा अवरोध पुर्‍याउने तथा मोटरसाइकलको स्वरूप परिवर्तन गरी ठूलो ध्वनि निकाल्ने लगायतका गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिमाथि थप अनुसन्धान कार्य अघि बढाइएको छ।जिल्ला प्रहरी कार्यालय चितवनले सार्वजनिक शान्ति र सुरक्षाका लागि यस्ता अभियानलाई निरन्तरता दिने जनाएको छ।

साथै सवारी साधनमा जथाभावी परिवर्तन गरी ठूलो आवाज निकाल्ने, सार्वजनिक शान्ति भंग गर्ने तथा सर्वसाधारणलाई असहज बनाउने गतिविधि नियन्त्रण गर्न विशेष निगरानी बढाइएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट