Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

चितवनमा गैँडाको आक्रमणबाट एक सुरक्षाकर्मी घाइते, आत्मरक्षाका लागि गोली चलाउँदा पोथी गैँडाको मृत्यु

चितवनमा गैँडाको आक्रमणबाट एक सुरक्षाकर्मी घाइते, आत्मरक्षाका लागि गोली चलाउँदा पोथी गैँडाको मृत्यु

चितवन :   चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा गैँडाको आक्रमणमा एक सुरक्षाकर्मी घाइते भएका छन् ।  निकुञ्ज कार्यालयका अनुसार नयाँ गोरख गण अन्तर्गतको सुरक्षा पोष्टबाट खटिएको टोली बिहिबार दिउँसो करिब १२ः५० बजे गस्तीका क्रममा निकुञ्जको कोर क्षेत्रमा पुगेको थियो। सोही क्रममा सुरक्षाकर्मीको टोलीे अर्धवयस्क बच्चासहितको पोथी गैँडासँग जम्काभेट भएको थियो।

सुरक्षात्मक उपाय अपनाउँदा अपनाउँदै पनि अचानक गैँडाले एक सिपाहीमाथि आक्रमण गरेको निकुञ्जका संरक्षण अधिकृत एंव सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभयो।उहाँका अनुसार आक्रमणबाट जोगिन र स्थितिलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीको टोलीले चेतावनीस्वरूप १० राउण्ड हवाई फायर गरेको थियो। तर गैँडा नहटेपछि कमाण्डरको आदेशमा थप ४ राउण्ड फायर गरिएको थियो।

यसपछि पनि आक्रमण जारी रहेकाले घाइते सिपाहीको ज्यान जोगाउन थप २ राउण्ड गोली चलाइएको थियो। तीमध्ये एक गोली गैँडाको शरीरमा लागेपछि करिब २४ वर्ष उमेरको उक्त पोथी गैँडाको घटनास्थलमै मृत्यु भएको सूचना अधिकारी मगरले बताउनुभयो । 

मृत गैँडाको पोस्टमार्टम गर्दा फोक्सोमा घाउ परेको पाइएको र खाग र खुर सुरक्षित अवस्थामा रहेको चिकित्सक टोलीले जनाएको निकुञ्जले आज शुक्रबार जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख । आक्रमणमा घाइते भएका सिपाहीको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी वीरेन्द्र अस्पताल छाउनी काठमाडौँमा उपचार भइरहेको नित्रुञ्जले जनाएको छ ।  

 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट