Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

सेयर बजार घटेका बेला ब्रोकर एसोसिएसनले अर्थमन्त्रीलाई बुझायो ६ बुँदे सुझाव

सेयर बजार घटेका बेला ब्रोकर एसोसिएसनले अर्थमन्त्रीलाई बुझायो ६ बुँदे सुझाव

काठमाडौं : सेयर बजारमा लगानीकर्ताको मनोबल कमजोर बनेपछि स्टक ब्रोकर एसोसिएसन अफ नेपालले अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेटवार्ता गरी ६ बुँदे सुझाव दिएको छ । नयाँ सरकार गठनपछि सेयर बजार उच्च दरले ओरालो लागेको छ । नयाँ सरकार गठनअघि २९६० अंकमा रहेको नेप्से परिसूचक हाल २७ सय हाराहारीमा झरेको छ । सोमबारको प्रारम्भिक कारोबारमा भने बजारमा सुधार देखिएको छ ।

बिहान भएको भेटवार्ताका क्रममा एसोसिएसनले बैंक तथा वित्तीय संस्थालाई सहज रुपमा पूँजी बजार प्रवेश र बाहिरिने व्यवस्था गर्न सुझाव दिएको छ । हाल बैंक तथा वित्तीय संस्थाले सेयर खरिद गरेको ६ महिनापछि मात्रै बिक्री गर्न पाउने व्यवस्था छ ।

त्यस्तै गैरआवासीय नेपालीलाई सहज रुपमा दोस्रो बजारमा कारोबार गर्ने व्यवस्था गर्न, नयाँ बजेटमार्फत हाल कायम पूँजीगत लाभरलाई अन्तिम भनेर सम्बोधन गर्न माग गरिएको छ । सरकारी संस्थानहरुमा विभिन्न कोषमा रहेको रकमलाई दोस्रो बजारमा लगानी गर्न सहज वातावरण बनाउन एसोसिएसनले माग गरेको छ ।

सेटलमेन्ट ग्यारेन्टी फन्ड प्रयोगका लागि २०७५ सालमा विनियमावली र २०७९ सालमा कार्यविधि बनेको स्मरण गराउँदै सो कार्यविधि लामो समयदेखि कार्यान्वयनमा आउन नसकेकाले कार्यान्वयनका लागि नियामक निकायलाई निर्देशन गर्न एसोसिएसनले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट