Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु, समानुपातिक सांसदको नाम टुंगो लगाइँदै

राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु, समानुपातिक सांसदको नाम टुंगो लगाइँदै

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ।

बैठक पार्टीको धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा सुरु भएको हो। बैठकमा समानुपातिकतर्फका प्रतिनिधिसभा सदस्यको नाम टुंगो लगाउने मुख्य एजेन्डा रहेको बताइएको छ।

निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भइसकेपछि दलहरूले समानुपातिकतर्फका सांसदको नाम निर्वाचन आयोगमा बुझाउनुपर्ने भएकाले राप्रपाले आजै नाम टुंगो लगाउने तयारी गरेको नेताहरूले बताएका छन्। बैठकमा शीर्ष नेतासहित केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको छ। प्रतिनिधि सभा निर्वाचनमा राप्रपाले समानुपातिकतर्फ ४ सिट पाएको छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij