Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

युद्धपोत पठाउन चीन, जापान, बेलायतलाई ट्रम्पको अपील

युद्धपोत पठाउन चीन, जापान, बेलायतलाई ट्रम्पको अपील


काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै पनि हालतमा ‘स्ट्रेट अफ हर्मुज’ खोल्ने बताएका छन्।ट्रम्पले ‘हर्मुज’ लाई खुला र सुरक्षित राख्नका लागि चीन, जापान, दक्षिण कोरिया र बेलायतलाई पनि आफ्ना युद्धपोत पठाउन अपील गरेका छन।  ‘हर्मुजबाट’ तेल प्राप्त गर्ने देशहरूले यसको ख्याल राख्नुपर्ने उनको भनाइ छ।

अमेरिकी राष्ट्रपतिले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसियल’ मा अमेरिकाले इरानको सैन्य शक्तिलाई नष्ट गरिसकेको दाबी गरेका छन्। ‘स्ट्रेट अफ हर्मुज’ ले विश्वव्यापी समुद्री तेल व्यापारको झन्डै २० प्रतिशत हिस्सा ओगटेको छ । यद्यपि यो मार्ग भएर आउजाउ गर्र्ने जहाजहरूमा आक्रमण भइरहँदा विश्वव्यापी रूपमा चिन्ता बढेको छ।

युद्ध शुरू भएदेखि नै यस क्षेत्रमा जहाजहरूमाथि आक्रमण भइरहेका छन्। यसअघि बिहीवार इरानका सर्वोच्च नेताले सत्ता सम्हालेपछिको पहिलो वक्तव्यमा ‘स्ट्रेट अफ हर्मुज’ लाई निरन्तर अवरुद्ध राख्ने बताएका थिए। 

यसैबीच युद्ध शुरू भएको १५ दिन पुग्दा मध्यपूर्वभरि आक्रमण भइरहेका छन्। इजरायल, इरान र क्षेत्रीय समूहबीच मिसाइल, ड्रोन र रकेट आक्रमण तीव्र हुँदा मानवीय तथा आर्थिक सङ्कट गहिरिँदै गएको छ।
यस्तै अमेरिकी सेनाले इरानको रणनीतिक खार्ग टापुमा आक्रमण गरेपछि विश्व ऊर्जा बजारमा ठूलो असर पर्ने अनुमान गरिएको छ। कच्चा तेलको मूल्य फेरि प्रतिब्यारेल १०० अमेरिकी डलरभन्दा माथि पुगेको छ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले दक्षिणी लेबनानका पीडितका लागि झन्डै ३० करोड डलर बराबरको आपत्कालीन सहायता कार्यक्रम घोषणा गर्दै युद्धरत पक्षसँग तत्काल युद्धविराम गर्न आग्रह गरेका छन्। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट