Logo

Nov 18 2026 | २०८३, मंसिर ३गते

काभ्रेको ह्वाइट पार्क रिसोर्टमा प्रहरी छापा, ३६ चिनियाँ नागरिक पक्राउ

काभ्रेको ह्वाइट पार्क रिसोर्टमा प्रहरी छापा, ३६ चिनियाँ नागरिक पक्राउ

काठमाडौँ : शंकास्पद गतिविधि गरेको आशंकामा काभ्रेको पाँचखालस्थित ह्वाइट पार्क रिसोर्टमा प्रहरीले आज छापा मारी ३६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। 

स्थानीएको विशेष सूचनाका आधारमा काभ्रे प्रशासन र प्रहरीको संयुक्त टोलीले छापा मारेको हो।


जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी रबिन विष्टले सो क्रममा केही थान ल्यापटप र मोबाइलसहित उनीहरूलाई नियन्त्रणमा लिइ अनुसन्धान थालिएको जानकारी दिए।

त्यहाँ दुईवटा कोठा थप शंकास्पद देखिएपछि सिआइबीको टोलीलाई समेत अनुसन्धानका लागि झिकाइएको छ। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij