Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

मोरङमा ५२ प्रतिशत मतदान, कुन क्षेत्रमा कति खस्याे मत ?

मोरङमा ५२ प्रतिशत मतदान, कुन क्षेत्रमा कति खस्याे मत ?

विराटनगर : प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ जिल्लामा अपराह्न ४ बजेसम्म ५१.९४ प्रतिशत मतदान भएको छ । 

जिल्ला प्रहरी कार्यालय (जिप्रका) मोरङले सार्वजनिक गरेको तथ्याङ्क अनुसार जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा गरी कुल ४ लाख ६ हजार ७ सय १५ मत खसेको छ । मोरङमा कुल ७ लाख ३५ हजार ५० मतदाता रहेका छन् । खसेको कुल मतमध्ये महिलाको संख्या पुरुषको तुलनामा बढी देखिएको छ । तथ्याङ्क अनुसार २ लाख ९ हजार ४९ महिला, १ लाख ९७ हजार ६ सय ६६ पुरुष र २ अन्य मतदाताले मतदान गरेका छन् ।

निर्वाचन क्षेत्रगत विवरण

तथ्याङ्क अनुसार सबैभन्दा बढी मतदान क्षेत्र नं. ५ मा ५८.४२ प्रतिशत भएको छ भने सबैभन्दा कम क्षेत्र नं. २ मा ४४.६० प्रतिशत मतदान भएको छ ।

क्षेत्र नं. १ः यस क्षेत्रमा ५२.१६ प्रतिशत (६७,०४९ मत) खसेको छ ।

क्षेत्र नं. २ः यहाँ ४४.६० प्रतिशत (५६,३९६ मत) खसेको छ ।

क्षेत्र नं. ३ः यस क्षेत्रमा ४५.८८ प्रतिशत (७२,५१४ मत) मतदान भएको छ ।

क्षेत्र नं. ४ः यहाँ ५७.४९ प्रतिशत (६८,५६० मत) खसेको छ ।

क्षेत्र नं. ५ः सबैभन्दा बढी ५८.४२ प्रतिशत (६४,३६६ मत) यसै क्षेत्रमा खसेको छ ।

क्षेत्र नं. ६ः यस क्षेत्रमा ५६.४७ प्रतिशत (७७,८३० मत) मतदान भएको छ ।

जिल्लाभरका कुल ८८८ मतदान केन्द्रहरूमा मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको बुझिएको छ । ४ बजेपछिको समयमा पनि मतदान केन्द्रहरूमा मतदाताको उपस्थिति रहेकाले अन्तिम प्रतिशत अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

m

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट