Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

रिहा भएलगत्तै सरकारलाई दुर्गा प्रसाईंले चुनौती दिदैँ भने- राजाले पनि चुनाव हुँदैन भन्नुभयो, दम छ भने थुन्नुस्

रिहा भएलगत्तै सरकारलाई दुर्गा प्रसाईंले चुनौती दिदैँ भने- राजाले पनि चुनाव हुँदैन भन्नुभयो, दम छ भने थुन्नुस्

काठमाडौं : मेडिकल व्यवसायी एवम राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं रिहा भएका छन् ।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईंलाई बिना कारण थुनामा राखेको देखिएको थुनामुक्त गर्न आदेश गरेको थियो । मंगलबार नै रिहा हुनुपर्ने भए पनि केही कानुनी  प्रक्रिया बाँकी रहेकाले बुधबारमात्र प्रसाईं रिहा भएका हुन् । 

बाहिरिनासाथ आफूले चुनाव हुँदैन भन्दा पक्राउ गरेर थुनिएको तर राजा स्वयम् अब सडकमा उत्रिन सक्ने भन्दै पक्राउ गरेर देखाउ भन्दै प्रसाईंले चुनौति दिएका छन् । उनले भने- 'चुनाव गर्नु हुँदैन भन्दा मलाई ल्याएर थुन्नुभयो । राजाले पनि चुनाव गर्नु हुँदैन भनेर भन्नुभयो । राजालाई पनि ल्याएर थुन्नुस् । दम छ ओम प्रकाश अर्याल ? दम छ सुशीला कार्की ? अनि दम छ ।  के लोकतन्त्रमा बोल्न पाइँदैन ?'

उनले राजा स्वयम् अब सडकमा उत्रिन सक्ने भन्दै पक्राउ गरेर देखाउन चुनौति दिए । प्रसाईंले फागुन २१ मा हुन लागेको निर्वाचन बिथोल्ने अभियान सुरु गर्न लागेको आशंकामा प्रहरीले उनलाई पटक पटक पक्राउ गर्दै आएको छ । निर्वाचन भाँड्ने गतिविधिमा संलग्न रहेको आरोपसहित प्रसाईंलाई कारबाही गर्न निर्वाचन आयोगले प्रहरीलाई पत्राचार गरेको थियो । सोहीआधारमा प्रहरीले प्रसाईंलाई फागुन ४ गते काठमाडौंबाट पक्राउ गरेको थियो । प्रसाईंलाई यसअघि प्रहरीले माघ २३ गते पनि पक्राउ गरेको थियो । त्यसबेला उनी हाजिर जमानीमा छुटेका थिए । निर्वाचनबारे उनले बोलेका कुरालाई प्रहरीको साइबर ब्युरोले अनुसन्धानको ‘आधार’ बनाएर त्यसबेला पक्राउ गरी बयान लिएर छाडेको थियो। उनलाई माघ ५ गते पनि प्रहरीले पोखराबाट पक्राउ गरेको थियो ।

निर्वाचन आयोगमाथि गम्भीर आरोप लगाउनेदेखि सरकारी वेबसाइट ह्याक गरेर डाटा चोरी गर्नेसम्मको योजना बनाएर रकम लगानी गरेको आरोप लागेपछि त्यसबेला उनलाई पक्राउ गरिएको थियो । यस्तै, उनले कांग्रेसको विशेष महाधिवेशन पक्षले निर्वाचन आयोगलाई ५२ करोड रुपैयाँ बुझाएर नतिजा आफ्नो पक्षमा पारेको भनेर सार्वजनिक अभिव्यक्ति दिएका थिए । उनले सामाजिक सञ्जालमा पनि यो भिडियो पोस्ट गरेका थिए । त्यसबेला उनलाई पक्राउ गरी अनुसन्धान गर्न निर्वाचन आयोगले पत्राचारसमेत गरेको थियो । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट