Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

कामले चिनिएकी रेनु देशकै मुहार फेर्ने !

कामले चिनिएकी रेनु देशकै मुहार फेर्ने !

चितवन : भरतपुर महानगरमा २०७४ को निर्वाचनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’पुत्री रेनु दाहाललाई मेयर पदको उमेदवार बनाउँदा धेरैसँग प्रश्न थियो– ‘बुबाको लिगेसी धान्न प्रचण्डले छोरीलाई ल्याए ।’ हुन पनि नेकपा एमालेका मेयर पदका उमेदवार देवी ज्ञवालीलाई हराउन तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले मतपत्र च्यातेर जिताएको भारी बोक्दै रेनु भरतपुरको मेयर बनेर भित्रिएकी थिइन् ।
एकातिर बुबाको लिगेसी अर्कातिर चितवनको सामाजिक मनोविज्ञान थाहा नपाएकी मेयर भन्ने टिप्पणी बोक्दै भरतपुर महानगर प्रवेश गरेकी मेयर नवौँ वर्ष महानगरमा बिताएपछि ‘मैले भरतपुरलाई चिनाएँ, भरतपुरले मलाई चिनायो’ भन्ने ठाउँमा पुगेर आफूलाई अपग्रेड गर्ने तयारीमा छन् ।
महानगरका उपप्रमुख चित्रसेन अधिकारी भन्छन्, ‘उमेरले म दाइ हो । तर, उहाँ मेरो अभिभावक हो । हामी विचारमा फरक भए पनि विकासका काममा कहिल्यै मतभेद भएन ।’
चितवनका पत्रकारसामु भावुक हुँदै भरतपुर छोड्दै गर्दाका अनुभूति सुनाएकी मेयर रेनु १४ महिना कार्यकाल बाँकी रहँदै भरतपुर महानगरको मेयर पदको कार्यबाहक उपप्रमुख चित्रसेन अधिकारीलाई सुम्पिएर मङ्गलबार राजीनामा दिने तयारीमा छन् ।
आफूलाई भावी प्रधानमन्त्रीको रुपमा प्रोजेक्टेड गरिएका बालेन्द्र शाहले कार्यपालिका बैठकलाई साक्षी राखेर धन्यवाद दिने मौका पनि नदिई काठमाडौँ महानगरपालिकाको प्रमुख पदको राजीनामा उपमेयरको नाममा छोडेर जनकपुर पुगेका थिए । यता रेनुले भने महानगरको प्रशासकीय भवन उद्घाटन बुबाकै हातबाट गराए पनि आफूले गरेको कामको फेहरिस्त प्रस्तुत गरिन् ।
रेनुले आलोचना खेप्दै आएको अर्को विषय हो, अन्तको बजेटमा भएको काम महानगरले गरेको दाबी गर्ने ! यो कुरा रेनु स्वयम्ले स्वीकार गरेकी छन् । कतिसम्म भने पुस २ गते बुबाको हातबाट उद्घाटन गरिएको महानगरकै प्रशासकीय भवनको ५३ करोड बढीको बजेटमा पनि भरतपुर महानगरको जम्मा ४ करोड रुपैयाँको हाराहारीमा मात्रै लगानी छ । नारायणी तटबन्ध, सिटी हललगायतका यस्ता धेरै योजना छन्, जुन केन्द्रीय तथा प्रदेशको बजेट महानगरले कार्यान्वयन गरेको छ ।
सोमबार जिल्लाका पत्रकारहरुसँग आफूले महानगरमा बिताएका नौ वर्षे कार्यकालको सुखदुःखको अनुभूति बाँडिन् । मङ्गलबार बिहानै महानगरको कार्यपालिका बैठक राखेर पालिकाका जनप्रतिनिधिलाई धन्यवाद दिएर प्रमुख पदबाट बिदा लिने तयारीमा छन् ।
रेनुका बुबा प्रचण्डले हिजोआज सार्वजनिक समारोहमा रेनुबारे प्रतिक्रिया दिँदा भन्ने गर्छन् मेरो परिचयले होइन मलाई रेनुको बुबा भनेर चिन्न पाउँदा गौरव लाग्छ । सोमबार चितवनका पत्रकारहरुलाई साक्षी राखेर आफ्नो नौ वर्षे नगरप्रमुख यात्राको अनुभव सुनाउँदा बुबाको लिगेसीले दिएको आत्मानुभूति पनि रेनुले सुनाएकी थिइन् ।
पत्रकारहरुसँगको भेटमा, ‘बुबाको लिगेसी प्रचण्डको छोरीको हैसियतले आएकी यो फुच्ची केटीले के गर्ली ? भन्ने चार्ज ममाथि थियो । सबैले कम आँकेका थिए । त्यसै कारणले पनि कामले गरेर देखाइदिन्छु भन्ने हुटहुटी थियो । जनताको सेवक, भूँइमान्छेको सेवक बन्न म रुचाउँछु’, भन्ने सामथ्र्य राखिन् ।
हुन त रेनु दाहालले भरतपुर महानगरपालिकाको विकासमा पालिकाको मात्रै बजेटले पूरा गरेकी होइनन् । न त पालिकाको मात्रै बजेटले यो सामथ्र्य राख्थ्यो । उनकै अनुसार महानगरमा प्रवेश गर्दा भरतपुर महानगरको आन्तरिक आम्दानी ३३ करोड रुपैयाँको हाराहारीमा थियो । भरतपुर देशकै मध्यभागमा भए पनि विकासको लागि पहलकदमी कम भएको महानगरमा पथ्र्यो ।
त्यसैले पनि प्रचण्डको छोरीको ट्याग बोकेर नै सही नौ वर्ष महानगरको नेतृत्व सम्हाल्दा चालु आर्थिक वर्षमा दुई अर्ब ५० करोड रुपैयाँ आम्दानी लक्ष्य राखेर बाहिरिएकी छन् । अघिल्लो आर्थिक वर्ष आन्तरिक आम्दानी दुई अर्ब ३० करोड रुपैयाँ थियो ।
भरतपुर महानगरपालिकामा उनले घोषणा गरेको सबै काम त सम्पन्न भएनन् । जस्तो महानगरकै सबैभन्दा चुनौतीपूर्ण काम फोहोर व्यवस्थापनमा रेनुले सफलता पाइनन् । अटोल्यान्ड बनाउने घोषणा पनि सफल भएन । भरतपुरको विमानस्थल विस्तार गर्ने योजना अधूरै छ । गौतमबुद्ध क्रिकेट रङ्गशालाको कामले पनि उनलाई केही विवादमा फसायो ।
यद्यपि भरतपुर महानगरमार्फत मसिना काम जस्ता लाग्ने तर, उनले नै दाबी गरेजस्तै भुईंतहलाई फाइदा हुने केही काम गरेर उनी बिदा हुँदै गर्दा रेनुले सामाजिकरूपमा आफूलाई निर्विकल्पको रुपमा उभ्याउने प्रयास गरेकी छन् । जस्तो नौ वर्षअघि यहाँका किसान दूध उत्पादन गरेबापत अधिकांश दुःखमा हुन्थे । अहिले यहाँका किसानले प्रतिलिटर ४ रुपैयाँ अनुदान पाएका छन् । जसबाट थप आम्दानीको लागि मनोबल बढेको छ । महानगरका गरिब विपन्नले ७ हजार लिटर खानेपानी निःशुल्क उपयोग गर्न पाउँछन् । नारायणी लिफ्टको पानीले एक सिजन मात्रै हुने सिँचाइ अहिले तीन सिजन नै हुनेगरी स्तरोन्नति गरिएको छ ।
हुन त, चितवन ३ मा आफ्नो निर्वाचन क्षेत्र भए पनि प्रचण्डले छोरी रेनुलाई लामो रेसमा अगाडि सारेर आफू निर्वाचन क्षेत्र फेरेर अन्त गएका हुन् । जसका कारण केही आलोचना खेप्दै रेनु अघि बढिन्, बुबाको लिगेसीलाई काममा परिणत गरेर महानगरमा बजेट तान्न पनि सफल भएकै हुन् ।
बिदा हुँदै गर्दा सडक सञ्जाल, सडक बत्तीलगायतका विकासका आधारभूत मापदण्डको रुपमा रहेका भौतिक निर्माणमा महानगरलाई अब्बल स्थापित गरेको उदाहरण कतै छिप्दैन ।
रेनुले आलोचना खेप्दै आएको अर्को विषय हो, अन्तको बजेटमा भएको काम महानगरले गरेको दाबी गर्ने ! यो कुरा रेनु स्वयम्ले स्वीकार गरेकी छन् । कतिसम्म भने पुस २ गते बुबाको हातबाट उद्घाटन गरिएको महानगरकै प्रशासकीय भवनको ५३ करोड बढीको बजेटमा पनि भरतपुर महानगरको जम्मा ४ करोड रुपैयाँको हाराहारीमा मात्रै लगानी छ । नारायणी तटबन्ध, सिटी हल लगायतका यस्ता धेरै योजना छन्, जुन केन्द्रीय तथा प्रदेशको बजेट महानगरले कार्यान्वयन गरेको छ ।
रेनुका बुबा प्रचण्डले हिजोआज सार्वजनिक समारोहमा रेनुबारे प्रतिक्रिया दिँदा भन्ने गर्छन्, ‘मेरो परिचयले होइन मलाई रेनुको बुबा भनेर चिन्न पाउँदा गौरव लाग्छ ।’ सोमबार चितवनका पत्रकारहरुलाई साक्षी राखेर आफ्नो नौवर्षे नगरप्रमुख यात्राको अनुभव सुनाउँदा बुबाको लिगेसीले दिएको आत्मानुभूति पनि रेनुले सुनाएकी थिइन् ।
रेनु दुवै कार्यकाल गठबन्धनबाट जितेकी मेयर हुन् । महानगर तत्कालीन नेकपा माओवादीमा राम्रो जनाधार भएको क्षेत्र पनि थिएन । तर, रेनुले अन्य पार्टीको मत पाएर जितिन् र उनकै भाषामा भन्दा आफूलाई कामले प्रमाणित गरिन् ।
रेनु आफैँ भन्छिन्, ‘हामीले सबैभन्दा बढी समन्वयको पाटोमा काम ग¥र्यौँ । हामी स्वार्थको भन्दा पनि भरतपुरको विकास साझेदारी मोडलको विकास हो । जसलाई नमुनाको रुपमा लिन सकिन्छ ।’
उनको समन्वयको पाटोलाई समर्थन गर्दै महानगरका उपप्रमुख चित्रसेन अधिकारी पनि भन्छन्, ‘उमेरले म दाइ हो । तर, उहाँ मेरो अभिभावक हो । हामी विचारमा फरक भए पनि विकासका काममा कहिल्यै मतभेद भएन ।’
महानगरबाट बिदा हुँदै गर्दा रेनुमाथि अर्को आलोचना पनि छ, ‘महानगरको विकास गर्छु भन्नेले बीचैमा छोड्न मिल्छ ?’ यसको पनि जवाफ बोकेर मैदानमा उत्रिएकी छन् उनी । भन्छिन्, ‘यो मेरो रहर होइन । हामीले त पूरा कार्यकाल नै मेयर बन्ने सोचेका थियौँ । तर, १४ महिनाअघि नै निर्वाचनमा जानु पर्ने परिस्थिति आयो । तेस्रो कार्यकाल मेयर बन्न संविधानले दिँदैन । त्यसैले महानगरको अधिकांश विकासका काम सकेर, केही अघि बढाएर बिदा हुँदैछु । अब नीतिगत कारण रोकिएका कामका अनुभव भएकाले चितवनसँग जोडिएका विकास, संरक्षण र नागरिकका मुद्दा जोडिएका नीति निर्माण गर्न अघि बढ्छु ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट