Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

रवि लामिछाने चितवनमा, मिचे निर्वाचन आचारसंहिता

रवि लामिछाने चितवनमा, मिचे निर्वाचन आचारसंहिता

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवन पुग्नुभएको छ । हरेक पटक केहि न केहि फण्डा गर्ने रवि यो पटक भने आफ्नो स्वागतका लागि निर्वाचन आचारसंहिता विपरित चुनावी गित बजाउदै कार्यकतालाई स्वागतमा राख्नु भएको थियो । आसन्न प्रतिनिधिसभा निर्वाचनकेन्द्रित कार्यक्रमका लागि लामिछाने बिहीबार चितवन पुग्नुभएको हो ।

निर्वाचन आचारसंहिता, २०८२ अनुसार सबैले पालन गर्नु पर्ने हुन्छ तर आचारसंहिता नम्बर ८ मा निषेधित क्षेत्रमा सभा, भेला, जुुलुस, बैठक, प्रचारप्रसार लगायतका कार्य गर्न नहुने र ९ मा सार्वजनिक आवागमनमा अवरोध पुग्ने गरि सभा, भेला, जुुलुस गरेर प्रचारप्रसार गर्न गराउन नहुने भएपनि उहाका कार्यकताले भरतपुर विमास्थलमा खुलेआम गीत बजाउदै स्वागतमा सक्रिय थिए । 

चितवन पुग्दा लामिछानेलाई भरतपुर विमानस्थलमा रास्वपा नेता र कार्यकर्ता लगाएत शुभेच्छुकहरुले स्वागत गरेका थिए । चितवन क्षेत्र नम्बर–२ बाट उमेदवार समेत रहनुभएका लामिछानेले मतदाताहरुसंग अन्तक्र्रियाका साथै घरदैलो गर्ने तयारी गर्नुभएको छ ।  रास्वपाले प्रत्यक्षतर्फ चितवन क्षेत्र नंवर १ मा हरि ढकाल, क्षेत्र नंवर २ मा लामिछाने, ३ मा सोविता गौतमलाई उम्मेदवार बनाएको छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट