Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

नवलपरासीमा गैंडाको आक्रमणबाट एक जना घाइते

नवलपरासीमा गैंडाको आक्रमणबाट एक जना घाइते

नवलपरासी : नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको कावासोती नगरपालिका–१७, अमलटारीमा गैंडाको आक्रमणबाट एक जना घाइते भएका छन्।

आज दिउँसो करिब ४० वर्षीय हेमबहादुर कुमाल घर नजिकै घाँस काट्ने क्रममा गैंडाले आक्रमण गरी घाइते भएका हुन्। स्थानीयका अनुसार घाँस काटिरहेको बेला अचानक आएको गैंडाले आक्रमण गरेको जनाइएको छ।

आक्रमणपछि घाइते कुमाललाई उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल, डण्डा लगिएको छ। अस्पताल स्रोतका अनुसार घाइतेको शरीरमा गम्भीर बाहिरी चोट नदेखिएको र हाल उनको अवस्था सामान्य रहेको छ।

स्थानीयवासीले वन्यजन्तुको बढ्दो गतिविधिका कारण मानव–वन्यजन्तु द्वन्द्व बढ्दै गएको भन्दै सतर्कता अपनाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट