Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

वडा १ र २ मा कांग्रेसको क्रियाशील भेला, मिना खरेलको समर्थनमा कार्यकर्ता उत्साहित

वडा १ र २ मा कांग्रेसको क्रियाशील भेला, मिना खरेलको समर्थनमा कार्यकर्ता उत्साहित

चितवन : आगामी निर्वाचनलाई लक्षित गर्दै कांग्रेस चितवनको क्रियाशील भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। क्षेत्रीय कार्यसमिति क्षेत्र न. २ को आयोजनामा  वडा नम्बर १ रामनगर र वडा नम्बर २ क्षेत्रपुरमा क्रियाशील भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

भेलाले आसन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट मनोनयन भएका उम्मेदवार मिनाकुमारी खरेललाई विजय गराउन सबै एकजुट भएर लाग्ने निर्णय गरेको छ ।

यस्तै आगामी दिनमा सञ्चालन गरिने चुनावी कार्यक्रम, प्रचार–प्रसार रणनीति तथा घरदैलो अभियानका विषयमा समेत छलफल भएको थियो।

सो कार्यक्रममा बोल्दै चितवन क्षेत्र नं. २ कांग्रेसकी उम्मेदवार मिना खरेलले लोकतन्त्रको सुदृढीकरण, विकास निर्माण तथा जनताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी निर्वाचनमा एकजुट भएर लाग्न सबैलाई आग्रह गरिन्।

उनी भन्छिन्, निर्वाचन जित्नका लागि पार्टीभित्र एकता, सक्रियता अपरिहार्य हुन्छ । यतीबेला कांग्रेस परिवर्तन भईस्केको छ, कांग्रेसमा भोट हाल्न जनता आतुर छन् । त्यसैले सबै एकजुट भएर लागौ चुनाव अवस्य जितिन्छ ।

उक्त भेला तथा अन्तरक्रिया कार्यक्रममा जिल्ला पार्टी सभापति राजेश्वर खनाल, केन्द्रीय सदस्य जितनारायण श्रेष्ठ, पूर्व सभापति विकास कोइराला, पार्टीका नेता मिलनबाबु श्रेष्ठ, ऋषिराज पाण्डे, मनोज रानाभाट, महिला सङ्घका अध्यक्ष पार्वती शाह ठकुरी, बागमती प्रदेश सभा सदस्य माया श्रेष्ठ, प्रदेश सभा सदस्य उत्तम जोशी लगाएत पार्टीका क्रियाशील  नेता/कार्यकर्ता, भातृ तथा शुभेच्छुक संघ संस्थाका पदाधिकारी एवं सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यस्तै भोली १४ गते वडा न. १०/११ र १२ पनि कांग्रेसको क्रियाशील भेला आयोजना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट