Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

९.२३ अङ्कले बढ्यो सेयर बजार, ९ अर्ब ७ करोडको कारोबार

९.२३ अङ्कले बढ्यो सेयर बजार, ९ अर्ब ७ करोडको कारोबार

काठमाडौँ : साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) परिसूचकमा सुधार देखिएको छ । यो दिन नेप्से ९.२३ अङ्कले बढेर २७१४.६१ विन्दुमा पुगेर बन्द भएको हो । बजार बढेसँगै कारोबार रकममा उल्लेख्य रहेको छ । आज दिनभरिमा कुल ३३२ कम्पनीका १ करोड ९० लाख ७५ हजार ७५६ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ७ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कुल १६२ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने ८८ कम्पनीको मूल्य घटेको छ । बाँकी १० कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । आज तीन वटा कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ । १० प्रतिशतले मूल्य बढ्ने कम्पनीहरूमा एसवाई प्यानल, श्रीनगर एग्रोटेक त्रिशुली जलविद्युत कम्पनी रहेका छन् । यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ९.९९ प्रतिशतले बढेको छ ।

कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत अग्रस्थानमा रहेको छ । यस कम्पनीको ४० करोड ८२ लाख ५६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यसैगरी, मञ्जुश्री फाइनान्स ३५ करोड ९४ लाख र एसवाई प्यानलको ३२ करोड ९५ लाख रुपैयाँको कारोबार सहित शीर्ष स्थानमा रहे । आज बजार बन्द हुँदा कुल बजार पुँजीकरण ४५ खर्ब ५७ अर्ब ८९ करोड ९५ लाख पुगेको छ । फ्लोट मार्केट क्यापिटलाइजेसन १५ खर्ब ५३ अर्ब ६६ करोड ५२ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट