Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

जेनजी आन्दोलनमा भागेका कैदी पक्राउ

जेनजी आन्दोलनमा भागेका कैदी पक्राउ

काठमाडौं : जेनजी आन्दोलनका क्रममा सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका एक कैदी भक्तपुरबाट पक्राउ परेका छन् । गत २४ भदौ कारागारबाट फरार भएका २२ वर्षीय देवबहादुर बस्नेत (विष्णु) भक्तपुर नगरपालिका–८ लिवालीमा पक्राउ परेका हुन् ।

रामेछापको मन्थली नगरपालिका–३ घर भएका बस्नेत लागुधौष मुद्दाका फरार कैदीबन्दी हुन् । २ वर्ष कैद १ लाख जरिवाना तोकिएको बस्नेत कैद भुक्तान गर्न ६ महिना बाँकी रहेका बेला जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका प्रहरीले जनाएको छ ।

प्रहरी सहायक निरीक्षक भैरव रावलको कमान्डमा खटिएको टोलीले नियन्त्रणमा लिएका बस्नेतलाई प्रहरी वृत्त जगातिमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट