Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

ईभी गाडी र मोटरसाइकल ठोक्किँदा १४ जना घाइते

ईभी गाडी र मोटरसाइकल ठोक्किँदा १४ जना घाइते

मकवानपुर : मकवानपुरको बागमती गाउँपालिका–४ झुरझुरेमा आज बिहान ईभी गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा १४ जना घाइते भएका छन्। सिन्धुलीको भिमानबाट काठमाडौंतर्फ जाँदै गरेको मधेश प्रदेश ००२/००१ ज ००७२ नम्बरको ईभी गाडी ना ५२ प ५५९८ नम्बरको मोटरसाइकलसँग झुरझुरेमा ठक्कर खाएको प्रहरीले जनाएको छ।

दुर्घटनामा ईभीमा सवार १३ जना यात्रु र मोटरसाइकल चालक घाइते भएका हुन्। घाइतेहरुको बागमती–४ झुरझुरेस्थित सान्बि अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेटौडा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट