विराटनगर : झापाकाे दमकमा जेनजीको प्रदर्शनमा प्रहरीले हवाई फायर गरेको छ । प्रदर्शनको क्रममा दमक नगरपालिका अगाडि आगजनी प्रयास भएपछि प्रहरीले हवाई फायर गरेकाे हाे ।
झापाका प्रहरी उपरीक्षक राजन लिम्बुका अनुसार प्रदर्शन उग्र बनेपछि प्रहरीले हवाई फायर गरेको हाे । प्रदर्शनकारीले ढुंगामुढा पनि गरेकाे उनले बताए । ढुंगामुढाका कारण प्रहरीसहित केही प्रदर्शनकारी पनि घाइते भएकाे उनले बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij