सुलीकोट : नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको गण्डकी गाउँपालिका – ६ बस्ने २१ वर्षीय विमल चेपाङ रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक ईन्द्र प्रसाद सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार (नाम परिवर्तित) ग कुमारीलाई विभिन्न प्रलोभनमा पारेर ललाई फकाई डर त्रासमा पारी गत साउन ३१ गते राति घरमै जबरजस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ गरेको गरिएको हो ।
पीडित नाबालिकाको आफन्तले दिएको जाहेरी दरखस्तको आधारमा करणी आरोपी चेपाङलाई मङ्गलबार प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय गोरखामा उपस्थित गराएको उहाँले बताउनुभयो ।
पक्राउ परेलगत्तै करणी आरोपी चेपाङलाई जिल्ला अदालत गोरखामा उपस्थित गराई जबरजस्ती करणी उद्योग कसुर शीर्षकमा मङ्गलबारै मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट पाँच दिनको म्याद थपी गरी घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij