काठमाडौं : काठमाडौं महानगरपालिका–६ बौद्ध नयाँ बस्तीस्थित एक डेरामा श्रोत नखुलेको रकमको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले एक चिनियाँ नागरिकलाई ठूलो परिमाणको नगदसहित नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बौद्ध नयाँ बस्तीस्थित एक घरमा डेरा लिई बस्दै आएका व्यक्तिको कोठामा खानतलासी गरेको थियो।
उक्त कोठाबाट प्रहरीले चीनको राहदानी नम्बर ईजी२२२१६१७१ भएका ४० वर्षीय चिनियाँ नागरिक वाङ जियानलाई रु. १,४४,००,००० (अक्षरेपि एक करोड चवालीस लाख रुपैयाँ) नगदसहित नियन्त्रणमा लिएको हो।
प्रवक्ता प्रमुख उपरीक्षक अपील राज बोहराका अनुसार, “प्रारम्भिक अनुसन्धानमा उक्त रकमको स्पष्ट श्रोत नदेखिएको र आर्थिक कारोबारसम्बन्धी शंका लागेकाले वाङ जियानलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको छ। विदेशीसँग यति ठूलो नगद रकम फेला पर्नु गम्भीर विषय भएकाले आवश्यक कानुनी प्रक्रिया अनुरूप अनुसन्धान भइरहेछ।”
पक्राउ परेका व्यक्ति हाल काठमाडौंको स्वयम्भू क्षेत्रमा बस्दै आएका थिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij