Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

सौराहामा हुर्काइएको गैँडा चिडियाखाना पठाइयो

सौराहामा हुर्काइएको गैँडा चिडियाखाना पठाइयो

चितवन : चितवन राष्ट्रिय निकुञ्जले सौराहा स्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा हुर्काइएको अर्को गैँडा पनि सदर चिडियाखाना जावलाखेल पठाएको छ । दुई वटा गैँडा ल्याउने वन तथा वातावरण मन्त्रालयको निर्णयअनुसार करिब ३० महिनाको पोथी गैँडा (पूजा)लाई बुधबार सदर चिडियाखाना ल्याइएको हो । केहि दिनअघि २३ महिनाको एउटा भाले गैँडा (माइला) लाई सदर चिडियाखाना ल्याइएको थियो ।

पूजालाई २०७९ कात्तिक १० गते बाघले आक्रमण गरेर घाइते भएको अवस्थामा सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र परिसरमा लगिएको थियो ।

जैविक विविधता संरक्षण केन्द्र सौराहामा गैँडाको हेरचाह गर्दै आएका लाल बहादुर महतराले आफूले हुर्काएका ६ वटा गैँडा मध्ये दुई वटा सौराहा, दुई वटा कोशी र दुई वटालाई चिडियाखानामा पठाइएको बताए । पूजालाई यसअघि नै माहिलासँगै ल्याउने तयारी गरेपनि खोरमा जान नमानेपछि छुट्टाछुट्टै ल्याइएको महतराले बताए । यससँगै अव सदर चिडियाखानामा गैँडाको संख्या तीन पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट