Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

एक हजार भारतीय नागरिकलाई अमेरिकाबाट फिर्ता पठाइएको भारतको दाबि

एक हजार भारतीय नागरिकलाई अमेरिकाबाट फिर्ता पठाइएको भारतको दाबि

एजेन्सी : भारतीय विदेश मन्त्रालयले यस वर्षको जनवरीदेखि हालसम्म एक हजार भारतीय नागरिकलाई अमेरिकाबाट भारत फिर्ता पठाइएको जनाएको छ।विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले विस्तृत विवरण नदिए पनि यीमध्ये लगभग ६२ प्रतिशत मानिस व्यावसायिक उडानबाट भारत फर्किएको बताए।

हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वैध कागजात बिना देशमा बसोबास गर्ने मानिसलाई निष्कासन गर्ने बताएका थिए।यसअघि, ट्रम्पले अवैध आप्रवासनको सम्बन्धमा भारतले ‘जे सही छ त्यो गर्नेछ’ भनेका थिए।यस वर्षको फेब्रुअरीमा अमेरिकाले अमेरिकी सैन्य विमानमा सयभन्दा बढी भारतीय नागरिकलाई देश निकाला गरेको थियो।

यसपछि निर्वासित गरिएका मानिसलाई हतकडी लगाइएको भन्ने चर्चा भएको थियो।विदेश मन्त्रालयको साप्ताहिक पत्रकार सम्मेलनमा प्रवक्ता रणधीर जयसवालले भने, ‘भारत र अमेरिका आप्रवासन मुद्दाहरूमा नजिकबाट काम गरिरहेका छन्। भारतले कसैलाई पनि फिर्ता लैजानु अघि उनीहरूको राष्ट्रियता प्रमाणित गर्छ।’

अमेरिकाले करिब १८ हजार भारतीय नागरिकको पहिचान गरेको छ। उनीहरू अमेरिकामा अवैध रूपमा बसोबास गरिरहेको जनाइएको छ।भारतस्थित अमेरिकी दूतावासले अमेरिकामा अधिक समय बस्दा देश निकालाको जोखिम हुन सक्ने भन्दै व्यक्तिमाथि स्थायी प्रतिबन्ध पनि लाग्न सक्ने चेतावनी जारी गरेको थियो।दूतावासका अनुसार यो नियम कानुनी रूपमा अमेरिका आएकाहरूलाई पनि लागू हुनेछ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट