कैलाली जेठ ११ गते : कैलालीको धनगढी १४ एच गाउँ स्थित साईनोचोक नजिकै एक नवजात शिशु बेवारिसे अवस्थामा फेला पारिएको छ । रोइरहेको अवस्थामा सडक छेउको नालामा सालनाल सहित शिशु फेला परेको हो ।
स्थानीयले रोइरहेको अवस्थामा शिशुलाई देखेपछि इलाका प्रहरी कार्यालय बहुलियालाई खबर गरेका थिए । नवजात शिशुलाई प्रहरीले सकुशल उद्धार गरी सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको इलाका प्रहरी कार्यालय बहुलियाका वरिष्ठ प्रहरी नायब निरीक्षक लोकेन्द्र चन्दले जानकारी दिनुभयो।शिशुलाई कोले जन्माएर बेवारिसे अवस्थामा छोड्यो भन्ने विषयमा अनुसन्धान भइरहेको चन्दले बताउनुभयो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij