Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

लमजुङ तरुण दलको अधिवेशनमा खुकुरी हानाहान, ३ जना घाइते

लमजुङ तरुण दलको अधिवेशनमा खुकुरी हानाहान, ३ जना घाइते

पोखरा : तरुण दल लमजुङको अधिवेशनका क्रममा खुकुरी प्रहार भएको छ । सदरमुकाममा अधिवेशन सुरु भएपछि एक पक्षले अधिवेशन रोक्ने प्रयास गरेपछि स्थिति असामान्य बनेको प्रत्यक्षदर्शीहरू बताउँछन् ।

‘कार्यक्रम सुरु भएपछि बाहिरबाट एक टोली आएर बिथोल्यो । भित्र कार्यक्रम गरिरहेको टोलीले प्रतिवाद गर्‍यो,’ ती सहभागीले भने, ‘त्यसपछि स्थिति तनावपूर्ण बन्यो । बाहिर निस्केपछि खुकुरी हानिएको छ ।’अधिवेशनलाई लिएर केही दिनदेखि लमजुङमा तरुणहरूबिच विवाद भइरहेको थियो । घटनामा तीन जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij